काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा गत २३ र २४ भदौमा घाइते भएका चार पत्रकारलाई सरकारले नगदसहित सम्मान गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज (शुक्रबार) आयोजना गरिएको कार्यक्रममा मन्त्री जगदीश खरेलले नगद तथा सम्मानपत्र प्रदान गरे।
आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई एक लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
हेर्नुहोस् थप तस्बिर :
