काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शुक्रबार रिहा हुने भएका छन्।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनको छुट्ने प्रक्रिया अघि बढेको हो।

हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त भएपछि मात्र औपचारिक रूपमा मुक्त हुनेछन्। त्यसका लागि उनी आज भैरहवा जाने कार्यक्रम रहेको छ।

उच्च अदालतले दुई करोड ६८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो, जुन रकम स्वीकार भइसकेपछि रिहाइको बाटो खुलेको हो।

लामिछाने छुट्ने खबर फैलिएसँगै बिहीबार नख्खु कारागार वरपर समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो।

धरौटीसम्बन्धी प्रक्रिया पूरा भएपछि उनलाई आजै थुनामुक्त गरिने बताइएको छ।