काठमाडौं। आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १९ तारिख। पौष कृष्ण पक्षको औंसी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: समयले निकै साथ दिएको देखिन्छ । यदि लामो समय सम्म अड्किएर रहेका अधुरा कामहरु छन् भने सफल हुने योग बनेको छ । आफ्नो मनोकामनाहरु पनि पुरा हुनेछन् ।
बृष: सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्म तिर रमाउने छ । आकस्माद साधु सज्जनहरुको सत्संगत मिल्ने अवसर प्राप्त होला । आर्थिक रुपमा पनि निकै प्रगति हुने देखिन्छ ।
मिथुन: आठौं चन्द्रमा सदासर्वदा दु:ख कष्ट कारक हुने भएको हुनाले आजको दिनमा निकै होसियारीका साथ सम्हालिएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । संकट मोचन हनुमान जीको आराधना गर्नाले दिन शुभ रहने छ ।
कर्कट : समय र भाग्यको खेल निकै बलवान भएको देखिन्छ । आफले आँटेताकेका कार्यहरु सफल हुने छन् । ब्यापार व्यवसाय कुने पनि कार्य क्षेत्रमा हुनुहुन्छ भने मान सम्मान प्राप्त हुने योग बनेको देखिन्छ ।
सिंह: महालक्ष्मी जीको कृपाले आफूले इच्छाएको कार्यमा सफलता मिल्नुका साथै धन सम्पत्ती प्राप्ति हुने योग बनेको छ । आँटेताकेका कार्यहरु सफल हुने छन् । व्यापार व्यवसायमा पनि राम्रै प्रगति होला ।
कन्या: साधु सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ ।ज्ञान र बुद्धिको उदय हुनुका साथै धार्मिक र सामाजिक सेवामा मन रमाउने देखिन्छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
तुला : राशी अनुसार आजको दिन त्यती राम्रो देखिएको छैन । चौथो चन्द्रमाले कलह झैझगडा निम्ताउने हुनाले सावधानी अपनाएर कार्य गर्नु होला । भगवान गौरीशंकरको आराधनाले दिन शुभ रहनेछ ।
बृश्चिक: चन्द्रमा अनुसार धन सम्पत्तीको कारक भएको हुनाले आजको दिनमा राम्रै धन सम्पत्ती प्राप्ति हुने योग बनेको छ भने आफूले आँटे तेकका कार्यहरु सफल हुने योग बनेको देखिन्छ ।
धनु: आफूले गरेका कामहरुमा सफलता प्राप्त हुने योग बनेको देखिन्छ। गरेका कामहरु सफल हुँदा मन प्रसन्न र उमङ्गता प्राप्त हुने हुँदा आजको दिन उल्लास र उमङ्गमय भएर बित्ने छ।
मकर: घरमा लक्ष्मीजीको कृपा हुने योग बनेको देखिन्छ। मनज्ञ धन सम्पत्ति हात पर्न सक्नेछ। व्यापार व्यवसाय तथा खेतीपाती एवम् पशु चौपायबाट पनि निकै राम्रो लाभ हुने देखिन्छ।
कुम्भ: बाह्रौं चन्द्रमा सदासर्वदा हानिकारक हुने भएको हुनाले आजको दिनमा सावधानी अपनाउनु होला। व्यर्थमा धन सम्पत्तीको हानी नोक्सानी हुने छ। बिघ्नहर्ता गणेशजीको आराधना गर्नु भयो भने दिन शुभ हुने देखिन्छ।
मीन: राशी अनुसार आजको दिन उत्तम रहेको छ। व्यपार व्यवसाय उद्योग बौद्धिक एवम् प्रशासनिक क्षेत्रबाट होस आजको दिनमा निकै राम्रो हुने देखिएको छ। आर्थिक रुपमा पनि गुणस्तरीय बृद्धि हुने योग बनेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।