काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ।
हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा यस समूहले पदाधिकारीका दुई पद जितेको थियो। गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा भने ईश्वर पोखरेल केपी शर्मा ओलीसँग पराजित भएका थिए।