५ पुष २०८२
अ+
अ-

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै टुंगिन बाँकी रहेकाले उत्सव मनाउने समय नभएको बताएका छन्।

हिरासतबाट रिहा भई काठमाडौं फर्किँदा समर्थकलाई सम्बोधन गर्दै उनले व्यक्तिगत विजयभन्दा देश र पुस्ताको न्याय महत्वपूर्ण भएको बताए।

लामिछानेले आफू परिवर्तनको यात्रामा रहेको उल्लेख गर्दै सामूहिक रूपमा समाज र देशले जित्नुपर्ने धारणा राखे। आवेगभन्दा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले आफू एक–दुई चुनावका लागि नभई सिंगो पुस्ताको भविष्यका लागि राजनीतिमा आएको स्पष्ट पारे। साथै, घाइते सुरक्षाकर्मीप्रति संवेदना व्यक्त गर्दै देशको न्यायका लागि अन्तिम साससम्म लड्ने प्रतिबद्धता दोहोर्‍याए।