काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौं–१ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा मिश्रलाई पहिलो नम्बरमा राखिएको छ।
पार्टी स्रोतका अनुसार काठमाडौं–१ क्षेत्रमा प्रत्यक्षतर्फ तीन जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ। सिफारिस हुनेमा पहिलो नम्बरमा रवीन्द्र मिश्र, दोस्रोमा रामेश्वर श्रेष्ठ र तेस्रोमा राम तन्दुकार रहेका छन्।
यस्तै, समानुपातिकतर्फका उम्मेदवार सिफारिसमा मिना सुवेदी पहिलो, रबिना शाही दोस्रो र सुमिरा कार्की तेस्रो स्थानमा रहेका छन्।
राप्रपाले केन्द्रबाट अन्तिम निर्णय भएपछि औपचारिक उम्मेदवार घोषणा गर्ने जनाएको छ।