काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा भोलि (सोमबार) सर्वपक्षीय छलफल हुने भएको छ।
यसअघि पनि विभिन्न समयमा यसप्रकारका छलफल भएकामा निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न सिंहदरबारमा सोमबार छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।