काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौँ। इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको छ।

हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे। खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो ।

जितसँगै आर्सनलले १७ खेलबाट ३९ अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको एस्टन भिल्ला ३३ अंकसहित तेस्रो स्थानमा छ । चौथो र पाँचौ स्थानमा रहेका चेल्सी र लिभरपुलको समान २९ अंक छ ।