खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने अपेक्षा गरिएको छ ।
काभ्रेपलाञ्चोक। राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’को जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ।
यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तक्रिया थालेको छ।
भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो। उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन्।
प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै वुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।
बाग्मती प्रदेश सरकारले चालु आवमा रु एक करोड विनियोजन गरेको जनाइएको छ । परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागत तयार पारेका छन् ।