काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

नयाँदिल्ली। भारतीय रेलवेले रेलको भाडामा हेरफेर गरेको छ। २६ डिसेम्बरबाट लागु हुने रेलको भाडादर कहीँ यथावत् छ भने अधिकांशको बढेको छ।

रेलवेद्वारा जारी सूचनाअनुसार २१५ किलोमिटरसम्मको सामान्य कक्षको भाडामा कुनै वृद्धि गरिएको छैन, तर त्योभन्दा माथिको दूरीका लागि प्रतिकिलोमिटर एक पैसाले भाडा बढेको छ।

यसको अर्थ यदि तपाईंले ३०० किलोमिटर यात्रा गर्नुभयो भने, अब तपाईंले प्रत्येक ८५ किलोमिटरका लागि थप ८५ पैसा तिर्नुपर्नेछ।

साथै मेल/एक्सप्रेस रेलहरूमा एसी नभएका कक्षको भाडा पनि प्रतिकिलोमिटर दुई पैसाले बढाइएको छ। यसको अर्थ ३०० किलोमिटर यात्राका लागि ६०० पैसा (६ रुपैयाँ) बढी तिर्नुपर्ने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

५०० किलोमिटर वा सोभन्दा बढीको एसी नभएको कक्षको यात्राका लागि अधिकतम १० रुपैयाँ बढाइएको छ।

अब एसी कक्षमा यात्रा गर्ने यात्रुहरूले पनि प्रतिकिलोमिटर दुई पैसा बढेको भाडा तिर्नुपर्नेछ।

रेलवेले यो भाडा वृद्धिले लगभग ६०० करोड रुपैयाँको अतिरिक्त राजस्व उत्पन्न गर्ने जनाएको छ।

रेलवेको हालैको विस्तार, बढ्दो परिचालन दक्षता, सुरक्षा र थप कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर रेल भाडामा परिवर्तन गरिएको हो।