काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ।

गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई उसकै घरेलु मैदानमा १–२ गोलले हराएको हो।

खेलको ३३ औं मिनेटमा जाभी सिमन्सले रातो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो।

५६ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । ६६ औं मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दा लिभरपुल ०–२ ले अघि बढ्यो ।

यता, ८३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई १–२ को स्थितीमा ल्याए । तर, त्यसपछि खेल त्यति गोलमै टुंगियो र लिभरपुल विजयी बन्यो ।

यो नतिजापछि १७ खेलबाट २९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने टोटेनहम २२ अंकका साथ १३ औं स्थानमा छ।