काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उनको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द पटेल रहेका छन्।

यस अघि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दिएका हुन।

आज साढे ३ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएकाे छ भने भोलि बस्ने प्रदेश सभा बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने छ।