काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु भएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्रीले सर्वपक्षीय छलफल आयोजना गरेकी हुन्।
छलफल चुनावकेन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउनेछ।
छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुको सहभागिता छ। हेरौँ नेपाल फोटो लाइब्रेरीले खिचेका छलफलका थप तस्बिर :
