काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३ सय ९८ दशमलव ०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक सय ३० रुपैयाँले बढेर चार हजार दुई सय ३५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला चार हजार एक सय पाँच रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ दशमलव ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।