काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते घटेको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले उक्त दिनलाई नेपालको इतिहासमा कहिल्यै नबिर्सन नसकिने दुःखद र लज्जास्पद दिनका रूपमा चित्रित गरे।

उनले सार्वजनिक पदमा बसेकाहरूको आचरण र जिम्मेवारीबोध अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले गल्ती स्वीकार गर्न सक्नुपर्ने बताए। “जिम्मेवारी स्वीकार गर्दा कोही कमजोर हुँदैन, बरु त्यो नेतृत्वको बलियो पक्ष हो,” थापाले भने।

घटनाको सत्यतथ्य छानबिन प्रक्रियाबाट बाहिर आउने भए पनि त्यसबेलाको राज्यसत्तामा रहेका व्यक्तिहरूले नैतिक जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको धारणा थियो। “म त्यो स्थानमा भएको भए म जिम्मा लिन्थेँ। जो सरकारको नेतृत्वमा थियो, उसले लिनुपर्छ। त्यतिबेलाका प्रधानमन्त्रीले यसको उत्तरदायित्व वहन गर्नुपर्छ,” उनले स्पष्ट पारे।