काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन्।

जेन-जी आन्दोलनका क्रममा उनी गत २४ भदौमा आफ्नै निवासमा आगजनीमा परेर सख्त घाइते भएकी थिइन्।

सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो। एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उनी सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी हुन् । हेरौँ नेपाल फोटो लाइब्रेरीले खिचेका चित्रकारका थप तस्बिर :