काठमाडौँ। जनकपुरमा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्।
रामेछापका कार्कीले ५१२ मत ल्याउँदै अध्यक्ष पदमा निर्वाचित भए। उनका निकट्तम प्रतिस्पर्धी विजय गुरुङले ४६२, रश्मी शिल्पकारले १४७ र राजाराम गौतमले ८३ मत ल्याए।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेशलाल श्रेष्ठ, जेसी योगेश राजवंशी र उपाध्यक्षमा जेसी मेनुका ओली, जेसी दीपेश बराईली, जेसी अमन महर्जन, जेसी खगेन्द्र भण्डारी, जेसी विदुर थापा, जेसी सुरेन्द्र श्रेष्ठ, जेसी एन्जिला खड्का, जेसी देबु बानियाँ, जेसी रुपकबहादुर विष्ट र जेसी सन्दीप भुसाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताए।