काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि नेप्से १३.८८ अंकले घटेको छ। हिजो (आइतबार) नेप्से १९.९२ अंकले घटेको थियो। आज ०.५३ प्रतिशतले घटेको नेप्से २५८१.१० विन्दुमा अडिएको छ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.२५ अंकले घटेर ४४६.०१ विन्दुमा रोकिएको छ। आज ३३२ कम्पनीको ६५ हजार ३१२ पटकको कारोबारमा ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच भए। जसमा तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज व्यापारबाहेक सबै समूहका सूचक घटे। व्यापार समूहको सूचक ०.५७ प्रतिशतले बढ्यो। वाणिज्य बैंक समूहको ०.३५ प्रतिशत‚ विकास बैंक ०.३७‚ फाइनान्स ०.१५‚ होटेल तथा पर्यटन १.२६‚ जलविद्युत् ०.६६, लगानी ०.९७‚ जीवन बिमा १.०१, उत्पादन तथा प्रशोधन ०.३२, लघुवित्त ०.४५‚ म्युचुअल फन्डको ०.०६‚ निर्जीवन बिमा ०.४५ तथा अन्य ०.६९ प्रतिशतले घटे।

नेप्सेमा आइतबार ५४ कम्पनीको मूल्य बढ्दा २०० को घट्यो भने पाँचको स्थिर रह्यो।

आज पनि एसवाई प्यानल लिमिडेडको सेयर मूल्यमा ९.९९ प्रतिशतले बढ्यो। आइतबार पनि एसवाईको सेयर मूल्य ९.९९ प्रतिशतले नै बढेको थियो। आज यसको अन्तिम कारोबार मूल्य ७५३ रुपैयाँ रह्यो। यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिट्डको सेयर मूल्य ६.८४ प्रतिशतले घट्यो। यसको अन्तिम कारोबार मूल्य १४९९ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको सेयरको कारोबार भयो। आज यसको १० करोड ३० लाख ८९ हजार ११४ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ कायम रह्यो।