काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। झापाको अर्जुनधारा नगरपालिका २‚ लाप्चेटारमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार आइतबार साँझ करिब ७ बजे अर्जुनधारा २‚ लाप्चेटारका ६५ वर्षीय यमबहादुर लायमगर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए।

यमबहादुर घर नफर्किएपछि खोजी गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन्।

खड्काले घटनाको जानकारी आज (सोमबार) प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।