काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
गोकर्णमणि दुवाडी‚ छविलाल रिजाल र चन्द्रकुबेर खापुङ। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी‚ काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको स्थान हद फुकुवा गरेको छ।

आयोगले २३ र २४ भदौको घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित खापुङ र रिजालमाथि स्थान हद लगाएकामा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो।

उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो। तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको उपसचिव कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “पूर्वनिर्णयउपरको कार्यसम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णयअनुसार अनुरोध छ।’

आयोगले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतमाथि पनि स्थान हद लगाएको छ।