काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
अ+
अ-

काठमाडौँ। अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगितामा इजिप्टले सुखद शुरूआत गरेको छ।

गएराति भएको समुह ‘बि’ को खेलमा इजिप्टले जिम्बाबेलाई २–१ ले हरायो।

खेलमा शुरूआती अग्रता भने जिम्बाब्वेले लिएको थियो। खेल शुरू भएको २०औं मिनेटमा जिम्बाब्वेका लागि प्रिन्स डुबेले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जिम्बाब्वे अगाडि रह्यो।

दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे। खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा सलाहले निर्णायक गोल गरे।

यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ। अर्को खेलमा एन्गोलालाई २–१ ले हराएको दक्षिण अफ्रिका पनि समान ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ।