काठमाडौं। जेन-जी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट २४ भदौमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ५ का टासी तामाङ छन्। उनी वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन्।
काठमाडौँको गोकर्णेश्वरमा लुकेर बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो। ब्युरोका अनुसार पक्राउ परेका तामाङलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।