काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले २०७० सालदेखि प्रदान गर्दै आए‌को तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि ६ पत्रकारलाई प्रदान गरिएको छ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकोषाध्यक्ष अनीता गुरुङको संयोजकत्वमा शान्ति गुरुङ र मीना गुरुङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिको २६ मंसिरको बैठकबाट सिफारिस पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो।

पूर्वप्रधानसेनापति छत्रमानसिंह कमला गुरुङ पत्रकारिता पुरस्कार पत्रकारद्वय धनबहादुर गुरुङ र श्यामकृष्ण श्रेष्ठलाई प्रदान गरियो। भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार रविन गुरुङलाई प्रदान गरियो भने तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार पत्रकार इच्छा गुरुङलाई प्रदान गरियो। यस्तै हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार भीमाया गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार सूचना गुरुङलाई प्रदान गरिएको संघका अध्यक्ष लाला गुरुङले जानकारी दिए।

संघका अनुसार पत्रकारिताका माध्यमबाट गुरुङ भाषा, संस्कृतिको प्रचार र संरक्षणमा योगदान पुर्याएबापत पुरस्कार प्रदान गरिएको हो।