काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

निबन्ध

‘खासमा के भने नि सर, विद्यार्थी अभावमा विश्वविद्यालयका विभाग, विशेष गरी समाजविज्ञानका विभाग बन्द हुँदै भन्ने समाचार आज बिहानै पढेँ। मलाई बैराग लागेर आयो। पाठकको अभाव भन्दै पुस्तकालयहरू नै बन्द गरिदिने सरकारले विद्यार्थीको अभाव भनेर भोलि विश्वविद्यालय नै बन्द गरिदियो भने त?’

९ पुष २०८२
अ+
अ-

हिउँदोको दिउँसो।

म हाम्रो विश्वविद्यालयको पुस्तकालयबाहिर देश बनाउने गम्भीर गफगाफमा व्यस्त थिएँ।

उसो त यतिबेला म कक्षामा पढाइरहेको हुनुपर्ने हो। अथवा पुस्तकालयमा बसेर अध्ययन गरिरहेको हुनुपर्ने हो। अथवा कुनै विषयमा शोधरत हुनुपर्ने हो।

खास भन्नुपर्दा, मेरो विभागमा विद्यार्थी नै नभएपछि म अचेल देश निर्माण अर्थात् दल निर्माणतिर लागेको छु।

तर, म त्यस्तो अवस्थामा नभएको वर्षौं भयो।

जीवनमा कुनै शोधपत्र र सोचपत्रविनै म प्राज्ञ एवं प्राध्यापक भइसकेपछि मैले पढ्नुसड्नुको, लेख्नुसेख्नुको थप दुःख किन बेसाइरहनु? त्यसैले मेरो अचेल दिनचर्या हुन्छ, यहाँ ‘पुस्तकालयबाहिर बसेर’ दुःखीहरूलाई सल्लाह दिनु, सुझाव दिनु, मार्गनिर्देश गर्नु। देश बनाउने उपदेश, सूत्र, मन्त्र र तन्त्र फ्याँक्नु।

म नयाँ र पुराना गरेर १६ वटा दलको शुभचिन्तक/सल्लाहकार/सदस्य/संस्थापक/नेता/कार्यकर्ता/बन्दसूची भइसकेको विज्ञ पनि हुँ। भलै यो कुरा कसैलाई थाहा छैन। श्रीकृष्णजीका १६ सय गोपिनी भएझैँ मेरा १६ चुनावचिह्न छन्। र, मेरा देश-काल-परिस्थितिअनुसार १६ सय जिभ्रा छन्।

खास भन्नुपर्दा, मेरो विभागमा विद्यार्थी नै नभएपछि म अचेल देश निर्माण अर्थात् दल निर्माणतिर लागेको छु।

सोही सन्दर्भमा म एक जना युट्युबर भाइसित देश बनाउने मामिलामा विमर्श गरिरहेको थिएँ। क्यामेराअघि संवार्ताकै क्रममा एउटा अपरिचित नम्बर मेरो फोनमा बज्यो।

मैले फोन अफ गर्न भुलेको होइन। किनकि, युट्युबर ब्रदरका अनुसार कुरा गर्दागर्दै बीचैमा फोन आयो भने त्यो संवादले यो संवाद झन् भाइरल हुन्छ रे।

मैले फोन उठाएँ।

उहिले उहिले जवाफ जाँचकी अड्डाले यस्ता बडेमानका बोरा मेरो घरमा पुर्‍याउँथ्यो। तर, विद्यार्थीजति सबै म्यादी भएपछि बोरा साना मात्र आउँछन्। त्यसैले मलाई पढ्नुपरेर बोर हुनुपरेको थिएन।

उसको जवाफमा मैले भनेँ, ‘हुन्छ आउनुस्, म यहीँ छु। तपाईं कुन च्यानलबाट रे?’

उसले फोन राखिदियो। मैले भाइसँग ‘डिस्कोर्स’ जारी राखेँ।

केही बेरमै युट्युबर ब्रोले अचम्मसँग मसँगको अन्तर्यात्रा हतार हतारमा छोट्याइदियो। प्रवचनको प्रवाह बीचमै रोक्नुपर्दा म क्रुद्ध हुन्छु। तर, मुला युट्युबर भाइ त मतिरै फर्केर मुस्कुराइरहेको छ बा!

यस्सो पछाडि फर्केर हेरेको त, मलाई फोन गर्नेवाला आईवरी मेरै पछिल्तिर उभिएको रहेछ।

युट्युबर मोराले मलाई हैन, उसलाई पो खिचिरहेको रहेछ।

युट्युबर भाइ माइक लगेर उसको मुखैमा तेर्स्याउँदै थियो— कुमार नगरकोटीले आफूले काँधमा बोकिराखेको बोरा उसको मुखैमा बिसाइदिए।

‘पत्रकारमाथि गम्भीर आक्रमण!’ भन्दै भाइ आफैँलाई खिच्न थाल्यो।

‘विश्वविद्यालयमा दिउँसै गुन्डागर्दी!’ भन्दै भाइ फतफताइरह्यो।

‘हु केयर्स’ को स्टाइलमा म नगरकोटीको पछि लागेँ।

नगरकोटीको काँधमा बडेमानको बोरा छ। उनी हिउँदको ठन्डीमा पनि असिनपसिन छन्। म छक्क छु। बक्क छु।

अकस्मात्‌को यो भेट घाटसरि कता कता चिसो चिसो लागिरहेछ मलाई।

उनी मौन छन्। म मौन छु।

उहिले उहिले जवाफ जाँचकी अड्डाले यस्ता बडेमानका बोरा मेरो घरमा पुर्‍याउँथ्यो। तर, विद्यार्थीजति सबै म्यादी भएपछि बोरा साना मात्र आउँछन्। त्यसैले मलाई पढ्नुपरेर बोर हुनुपरेको थिएन।

कुमार नगरकोटीले बोरा खोलेर सिक्का गन्दै २० हजार पुर्‍याए।

‘कुमारजी, आफ्ना सबै किताब हाम्रो पुस्तकालयलाई दान दिन लाग्नुभयो कि कसो हो?’

हामी बिस्तारै हिँडिरहेका छौँ। कुमार केही बोल्दैन।

‘सर, आज बिहान एउटा समाचार र सूचना सँगै पढेँ,’ बोरा काँधमै राखेर हिँड्दै उनले भने।

‘अनि?’

‘अनि के भन्नु सर? त्यो समाचार पढेर म खुत्रुक्कै भइगएँ अनि गुफाभरिका खुत्रुके फुटाएँ सर।’

‘अनि? यो बोरामा?’

‘हिँड्दिनुस् न सर, म सँगसँगै।’

‘कुमारजी, यो तपाईंको के ताल हो? यत्रो बोरा बोकेर कहाँ कहाँ जाने अब?’

‘विभाग जाने सर।’

‘विभाग? प्रहरी विभाग, राजस्व विभाग, अनुसन्धान विभाग त बाहिरै हो त, कुमारजी।’

‘सर, हजुरले मेरो नेपाली बुझ्नुभएन जस्तो छ। तपाईंको डिपार्टमेन्ट जाने सर।’

‘किन जाने कुमारजी, कोही छैनन् त त्यहाँ?’ म आत्तिन्छु।

‘त्यही भएर त जाने सर।’

५० जना हामी प्रोफेसर हाजिर गर्न मात्र कहिलेकाहीँ आउने। दुई जना विद्यार्थी परीक्षा दिन मात्र आउने। पढ्न चाहिँ एक जना पनि नआउने। यसप्रकार हाम्रो विभागमा मुर्दाशान्ति छाएको धेरै वर्ष भयो।

‘कुमारजी, हाम्रो विभाग त घाट भइसक्यो त, त्यहाँ छिर्ने र?’ यस्तो भनूँ कि सोचेर यो वाक्य तीनपल्ट पूरा रिहर्सल गरेँ। तर, मेरो अभिमानले यहाँनेर मेरो अभिव्यक्ति रोकिदियो। एउटा परायाबीच आफ्नै पोल खोल्न मन लागेन मलाई।

‘घाटहरूमा मेरो औधी रुचि छ सर,’ मैले उच्चारण नै नगरेको क्रियामा अकस्मात् उसको यस्तो प्रतिक्रिया सुनेर म झस्किएँ।

‘मेरो भर्ना लिनुस्, म पढ्न आको सर।’

‘जोक नगर्नुस् न कुमारजी।’

‘यो बिजोगमा म के खान जोक गर्थें र, सर?’

हामी हाम्रो विभागमा छिर्‍यौँ। दिउँसो १ बजेसम्म पनि बोहनी गर्न नपाएको कफी पसले एउटा ग्राहक छिरेपछि मुस्कुराएझैँ हाम्रो विभागको कर्मचारी मुस्कुरायो।

कुमार नगरकोटीले बोरा खोलेर सिक्का गन्दै २० हजार पुर्‍याए।

यो कुमार, जसको म केही बुझ्दिनँ, उसलाई अब म के बुझाऊँ? के आपत् आइलाग्यो यार मलाई यस्तो!

‘सर, एकछिन साथ दिनुस् न प्लिज मलाई,’ बोरा काँधमा चढाएर विभागबाट निस्किँदै गर्दा उसले भन्यो, ‘समाजशास्त्र विभाग कता हो, सर?’

‘किन र नगरकोटीजी? चैतन्यले पढाउन छोडिसक्यो त?’

‘थाहा छ सर, देशै असुरक्षित भएका बेला विश्वविद्यालय जोगाउन झन्डावाल सेनाहरूले नै पहरा दिने त हो नि, सर। पीताम्बर सर, सञ्जीव उप्रेती र पोखरेल, विष्णु सापकोटा, प्रेम फ्याक, प्रमोद भट्ट, लोकरञ्जन पराजुली, अरुण गुप्तो, दिनेश प्रसाईं, मधुसूदन सुवेदी, अँ तारानाथ शर्माहरू पनि त कोही पेन्सन पकाएर, कोही टेन्सन बोकाएर बीचैमा बन्दुक बुझाएका भगौडाहरू नै हुन् नि। विश्वविद्यालय सुधार्न नसकेपछि ती दिनेश सर देश सुधार्न दलको अध्यक्ष भएका छन् केरे, हैन र सर? अँ, उपकुलपति माथेमाको राजीनामा माग्न मोदनाथ प्रश्रितजीले किन दुई वर्ष ढिला गरेका थिए, त्यो रहस्य मैले अझैसम्म बुझ्न सक्या छैन सर?’

नगरकोटीको कुराले मेरो कन्सिरी तात्तियो। तर, म केही नभएझैँ सदाझैँ ग्याज्ज हाँसेँ मात्र।

हामी समाजशास्त्र विभाग छिर्‍यौँ।

अब म खुसी भएँ– यो मान्छे हाम्रो विभागमा पढ्न चैँ आउँदैन होला, यता धाउला।

काँधमा बोरा बोकिहिँडेको कुमार नगरकोटीले भनेबमोजिम मैले एवं रीतले राजनीतिशास्त्र, अर्थशास्त्र, मानवशास्त्र, भाषाविज्ञान, इतिहास, जनसंख्या, अंग्रेजी, नेपाली, ग्रामीण विकास, संस्कृति, संस्कृत, हिन्दी, नेपाल भाषा, भूगोल, पत्रकारिता, ललितकला, कूटनीति आदि सबै केन्द्रीय विभाग छिराएँ।

कुमार भर्ना हुँदै गयो। अघिसम्म छिनछिन बज्दो बोरा अब छिनमै रित्तियो।

‘कुमारजी, तपाईं गणित विभाग छिर्नुभएन नि? त्यहाँ पनि त विद्यार्थी छैनन्।’

‘गणित मलाई आउँछ सर। त्यो पर्दैन।’

रित्तो बोरा समातिहिँडेको ऊ कुमार अनि जीवनभर रित्तो दिमाग बोकिहिँडेको म सुकुमार। हामी यतिबेला समयालयबाट तल झर्दै छौँ। ऊसित एकेक स्टेप तऽल तऽल झर्दै छु म।

‘कुमारजी, यत्रो बोरा रित्याएर? यो के जात्रा गरेको भन्नुस्त?’

‘यो मैले जात्रा गरेको होइन सर। ‘जात्रा’ मा भेटिएजस्तो बोरा होइन सर यो। भेटिएको होइन, भेटिज्हरूको बोरा हो सर यो। जोगीसित के हुन्छ आखिर, भेटिज् सिवाय।’

‘चिया खाऊँ सर,’ कुमारजीले भने।

उनले ‘चिया खाऊँ सर?’ भने अथवा ‘चिया खाऊँ सर।’

म द्विविधामा परेँ। त्यसैले मैले प्रश्नवाचक वा पूर्णविरामको सट्टा मध्यमार्गी धार अपनाएँ। र, माथि अन्त्यमा अल्पविराम दिएँ। आखिर मजस्ता विरामी/बिरामी बिचौलियाहरूको स्थान मध्यमार्ग नै त हो।

किताबको आवरणको तस्बिर खिचेर मैले फेसबुकमा चार पंक्तिको पद्यात्मक सारगर्भित सम्यक् समालोचना छपाएँ। उसलाई ट्याग पनि गरेँ। तर, मेरो ट्यागलाई उसले बहादुरीसाथ त्याग गरिदियो।

‘तपाईं त कफी पो खानुहुन्थ्यो हैन र, कुमारजी?’ मलाई कफीको तलतल थियो।

तर, जीवनमा मेरो एउटा आदर्श सिद्धान्त छ— कफी र किताब आफ्नो पैसाले कहिल्यै नकिन्ने। रक्सी त झन् ज्यान गए नकिन्ने। म यो वादमा अद्यापि अडिग छु।

उसो त विश्वविद्यालयमा म मितव्ययी प्राध्यापकका रूपमा सुविख्यात छु। मितहरूको व्यय गराउनुलाई मितव्ययी भनिँदो रहेछ। मितव्ययी अर्थात् मिनिमलिस्ट। र, मिनिमलिज्म आजको पृथ्वीवादमा सबैभन्दा सुन्दर पर्यावरणीय चेतनावरण हो। किताब किन्नु सरासर पर्यावरण नष्ट गर्नु हो। म यसमा सचेत छु।

‘कफी पिउँथेँ सर, तर आज फिक्का चिया खाऊँ खाऊँ भो।’

ऊ ‘कालो चिया’ पनि भन्न सक्थ्यो। तर, मसँगको यात्रा उसलाई फिक्का लागेछ। त्यसैले उसले मलाई ‘फिक्का प्राध्यापक’ भन्न नसकी ‘फिक्का चिया’ भन्यो। यत्तिको पोलिटिक्स त म पनि बुझ्छु नि!

ऊ बोरा रित्तिएर फिक्का चियातिर लागेको पनि हुन सक्छ। तर, मेरो सिद्धान्त र वादले भन्छ– उसले आफ्नो खप्परमा लेख्ने शीर्षक डिजाइन गरिसक्या छ– ‘फिक्का चियाविद् फिक्का प्रोफेसर।’

आफ्नै घरमा आएको स्वनामधन्य पाहुना विद्यार्थीलाई चियासम्म अफर गरूँ कि भनेर मैले अघिसम्म नसोचेको पनि हैन। तर, त्यत्ति नै बेला मेरो टोपी स्ट्यान्डमा एउटा पुरानो कुरा याद आइदियो।

कुरा के थियो भने, करोड वर्षअघि मैले उसको एउटा फोसिल नामक किताब किनेको थिएँ। छापिएको दुई वर्षसम्म कुर्दाकुर्दा पनि मैले कतैबाट ‘समालोचनार्थ’ त्यो पोथी उपहार पाइनँ। यहाँनेर यो पनि बताइदिऊँ, मैले पछिल्लो समय किनेको किताब त्यही हो।

त, त्यो किताबको आवरणको तस्बिर खिचेर मैले फेसबुकमा चार पंक्तिको पद्यात्मक सारगर्भित सम्यक् समालोचना छपाएँ। उसलाई ट्याग पनि गरेँ। तर, मेरो ट्यागलाई उसले बहादुरीसाथ त्याग गरिदियो।

मेरो सोधीखोजी गरेर मलाई फोन गर्नु त कता हो कता, त्यहाँ एक लाइकसमेत गरेन।

‘सर नमस्कार, म कुमार नगरकोटी बोलेको सर। मेरो पुस्तकबारे यहाँको साह्रै नै गहन र गहिरो सुन्दर समालोचना भर्खर पढेँ सर। चार चोटि आद्योपान्त पढेँ सर। बल्ल अलिअलि बुझेँ सर। विवेचना कुन छन्दमा लेख्दिनुभएको हो सर? मैले त कुनै छेकछन्द नै पाइनँ सर। सरजत्तिको विराट् व्यक्तित्वबाट मेरो सानो पुस्तकबारे यति ठूलो महत्त्वपूर्ण उद्गार प्रकट हुनुले मेरो लेखकीय जुनी सार्थक भएको छ सर। यहाँप्रति धेरै आभारी छु सर। कृतकृत्य छु सर। सर, म भेट्न चाहन्छु सर हजुरलाई। कता आऊँ सर? हामी आज कता बसौँ सर?’ अकस्मात् आएको उसको फोनले मलाई मध्यरातमा ब्युँझाइदियो।

उसको फोन आउला कि भनेर मैले एक महिनासम्म ट्वाइलेट जाँदा होस् वा सुत्दा, मोबाइल फोन एक सेकेन्ड पनि छोडिनँ।

उसले मेरो अमूल्य पैसा र शब्दको कुनै इज्जत नै गरेन। ४५ दिनपछि मैले उसलाई अनफ्रेन्ड गरिदिएँ। फेरि १० दिन कुरेँ। उसले मलाई एड फ्रेन्डमा देखेर पनि फ्रेन्ड रिक्वेस्ट पठाएन। अनि ५५ दिनमा मैले उसलाई ब्लक नै गरिदिएँ।

र, सोही दिन मैले त्यो समालोचना डिलिट गरेँ। माफ गर्नुहोला, डिलिट गर्छु भनेर पटक पटक सोचेँ। तर, गर्नै सकिनँ। आखिर केटो जति नै कृतघ्न भए पनि एउटी केटीले उसबाट पैदा भइसकेको आफ्नो होनहार सन्तानको हत्या गर्न कसरी सक्छे र? मैले त्यो गर्नै सकिनँ। पछि कुनै दिन समालोचनाग्रन्थ वा अभिनन्दनग्रन्थ वा मरणोप्रान्त स्मृतिग्रन्थ निक्लेछ भने साभार गर्न काम लाग्ला कि भनेर मैले ‘वन्ली मी’ गरेँ।

लेख्दा होस् वा बोल्दा म सन्तुलनमा एकदम ध्यान दिन्छु। किनकि, मलाई सडक र सत्तामध्ये, समाजवाद र पुँजीवादमध्ये कुनै एक रोज्नु छैन।

– साहित्यकारहरू कृतघ्न हुन्छन्।

– साहित्यकारहरू आफूलाई केक्के न हुँ भन्ठान्छन्।

– सहरमा एउटा तथाकथित फिक्सन डिजाइनर छ, त्यो पात हो, पतिंगर हो, कसिंगर हो। मिडियाले उचालेको तोरी हो।

– आफूलाई केक्के न हुँ भन्ठान्छ एउटा सोकल्ड साहित्यकार। तर, अनुवाद गरेर आफ्नो नाममा छाप्छ। त्यो चोर हो।

– पहिला अखबार र अनलाइनमा छापेर तिनैलाई जम्मा गरेर बाक्लो र चिटिक्कको खोल हालेर नयाँ भन्दै निकाल्छ अनि त्यसैलाई दुई हजारमा बेच्छ। एक्सलाई एक्सक्लुसिभ? छैन त विद्रूप प्रहसन?

उसले मेरो ब्लक खायो अनि उपरान्त मैले दुई महिनासम्म फेसबुकमा यस्तो लेखिरहेँ। बतासे पोस्ट गरिरहेँ। मेरो समर्थनमा धेरैले मलाई मेसेज पठाए। कमेन्टमा लेख्न नसकी मेसेज गर्थे ती ढोंगीहरू।

सबैसँग मिलनसार, शालीन, विनम्र, सरल, मुसुक्क हाँसिरहने प्राज्ञिक प्राध्यापकको छद्म छवि स्थापित गर्न सफल छु म। म कसलाई, कहाँ, कसरी र कति प्रशंसा वा आलोचना गर्ने भन्ने राम्ररी जान्दछु। लेख्दा होस् वा बोल्दा म सन्तुलनमा एकदम ध्यान दिन्छु। किनकि, मलाई सडक र सत्तामध्ये, समाजवाद र पुँजीवादमध्ये कुनै एक रोज्नु छैन। मलाई दुवैतिर, सबैतिर बरोबर प्रिय हुनुछ। र, यसमा म सबैभन्दा सफल पनि छु।

त्यसैले माथिका बतासे पोस्ट मैले फेक ह्यान्डलहरू खोलेर पोस्ट गरेको हुँ। यस्ता केही लेख्नुपरे मैले १६ वटा प्रोफाइल र पेज बनाएको छु।

‘कलि युगको कुमुदिनी को रहेछ?’ भनेर चासो र चर्चा, परिचर्चा र प्रश्नको मेन्सन पनि ती ह्यान्डलमा बाक्लै आइरहेको हुन्छ।

मलाई त मान्छेले शंका गर्नै सक्दैनन्, किनकि रक्सी पिउन बस्दासमेत मैले एक शब्द कसैको निन्दा र भर्त्सना गर्दिनँ। सहरको सबैभन्दा शालीन र शिष्ट, सकारात्मक सोचको धनी प्रोफेसर म कुमुदिनी? त्यो त हैन सक्दैन।

त, यत्रो वर्षपछि पहिलोपटक भेट हुँदा अहिले धन्यवाद पनि भनेन यसले। कति कृतघ्न रहेछ यो कुमार!

– के म धन्यवादसमेत डिजर्भ गर्दिनँ?

– के म यति सस्तो समालोचक हुँ?

– के म यति पतित प्राध्यापक हुँ?

– के म पार्टीहरूका गर्भबाट पैदा भएको पदेन प्राज्ञ मात्र हुँ?

देशी-विदेशी (सरी, विदेशी त को हुन्थ्यो, खालि प्रवासी) वरिष्ठ साहित्यकार मलाई आफ्ना हर किताब समालोचनार्थ/समीक्षार्थ/पाठ्यक्रमार्थ/पुरस्कारार्थ उपहार पठाउँछन्। यो नाथे कुमार हर साल मोटामोटा किताब निकाल्छ, मलाई विमोचनको निम्ताधरि पठाउँदैन। हुन त मेसेन्जरमा पठाउँथ्यो पनि होला, मैले ब्लक नै त नगर्नुपर्थ्यो कि!

‘खासमा के भने नि सर, विद्यार्थी अभावमा विश्वविद्यालयका विभाग, विशेष गरी समाजविज्ञानका विभाग बन्द हुँदै भन्ने समाचार आज बिहानै पढेँ। मलाई वैराग लागेर आयो। पाठकको अभाव भन्दै पुस्तकालयहरू नै बन्द गरिदिने सरकारले विद्यार्थीको अभाव भनेर भोलि विश्वविद्यालय नै बन्द गरिदियो भने त?’

म एक हजार आठ वटा किताब विमोचनमा प्रमुख वक्ता, प्रमुख अतिथि भइसकेँ। तर, यो कुमारले मलाई अहिलेसम्म मान्छे नै गनेन। म पनि त सर्जक हुँ नि। मैले के लेखेको छैन? कथा लेखेको छैन कि? उपन्यास लेखेको छैन कि? बालसाहित्य लेखेको छैन कि? समालोचनाग्रन्थ निकालेको छैन कि? कवितासंग्रह निकालेको छैन कि? गीत र गजल निकालेको छैन कि? नाटक लेखेको (र, गरेको) छैन कि? पूजा प्रकाशनका सयौँ किताबको प्रुफरिडिङ गरेको छैन कि? सयौँ किताबमा भूमिका लेखेको छैन कि? डायस्पोरिक साहित्यको प्रवक्ता बनेको छैन कि? पार्टीहरूको विधान र घोषणापत्र लेखेको छैन कि? मार्क्सवादी-लेनिनवादी-माओवादी-पुँजीवादी-समाजवादी-राजावादी स्कुलहरूमा गेस्ट लेक्चर दिएको छैन कि? विद्यार्थीहरूका हजारौँ थिसिस सुपरभिजन गरेको छैन कि? संस्कृति मन्त्रालयले बाँड्ने सयौँ पुरस्कार सधैँ म आफैँ लिने वा बाँड्ने हो। तर, यो मोरो मेरा किताब कहिल्यै पढ्दैन। पढ्ने त के, नामैसमेत लिँदैन।

– तपाईंलाई मन पर्ने लेखक?

– तपाईंलाई मन परेका कृति?

– तपाईंले सबैभन्दा बढी दोहोर्‍याएका पुस्तक?

— जीवनमा सबैभन्दा बढी प्रभाव पारेको पुस्तक?

— नयाँ पुस्ताले पढ्नैपर्ने पुस्तक?

उसका अन्तर्वार्ताहरू र सिफारिसहरू नहेरूँ भन्दा पनि कता कताबाट ठोक्किन आइहाल्छन्। त्यहाँ ‘पुस्तक वार्ता’ मा कतै मेरो नाम छ कि भनेर म आँखा ठूला पारेर हेर्छु सधैँ। तर, मेरो त के नेपाल र नेपालीको नाम मुस्किलले मात्र लिएको हुन्छ। अझ हामी प्राज्ञ र प्रोफेसरहरूको किताबको त नामै कहीँ लिएको हुँदैन।

अनि यसलाई म किन चिया खुवाऊँ?

सुनेको थिएँ, भेट र घाटमा कुमार खासै बोल्दैन भनेर। ऊ चियामा मौनता डोबेर चुपचाप चपाइरहेको थियो।

तर, म परेँ देशको एक प्रबुद्ध प्राध्यापक औ प्राज्ञ। म नबोलिरहन सकिनँ।

‘कुमारजी, तपाईं यो देशको नम्बर वान राइटर हुनुहुन्छ। मलाई सबैभन्दा मन पर्ने अथर नै तपाईं हुनुहुन्छ। मैले तपाईंका सबै बुक्स किनेर बडो प्रेमले पटक पटक पढेको छु। तपाईंको राइटिङमा म एउटा बेग्लै दृष्टिकोण, एउटा छुट्टै स्वाद, एउटा भिन्नै विचारिकी र एउटा फरक शैली पाउँछु। तपाईंको लिट्रेचरमा म उत्तरआधुनिकता, पश्चिमाधुनिकता र पूर्वीआधुनिकता सबैको स्वाद पाउँछु, कुमारजी। तपाईं मजस्तै वैश्विक सिद्धान्त र वाद धेरै फलो गर्नुहुन्छ क्यारे। धेरैथरी वाद र सिद्धान्तको कुशल सम्मिश्रण तपाईंका हर रचनामा सहज प्राप्य हुन्छन्, कुमारजी। मलाई के लाग्दछ भने, भोलि यो देशबाट कसैले नोभेल प्राइज पाउँछ भने त्यो तपाईंबाहेक अर्को हुनै सक्दैन, कुमारजी। कुमारजी, तपाईं हामी सबैका लागि खत्रा र खतरा दुवै….।’

चिया नमीठो भएर हो वा मेरो प्रवचन? उसले नमीठोसँग मुख बिगार्‍यो। मलाई लाग्यो– यति बेला ऊ आफ्नो जिब्राले टर्रो चियापत्ती के खेलाइरहेको छ र, ती गिजा-जिब्राहरूमा मलाई पो खेलाइरहेको छ।

मेरो कुरातिर उसले कुनै वास्तै गरेन। बाबुराम भट्टराईले दरबार हत्याकाण्ड खारेज गरेजस्तै मेरो वचन सीधै खारेज गरिदियो।

‘खासमा के भने नि सर, विद्यार्थी अभावमा विश्वविद्यालयका विभाग, विशेष गरी समाजविज्ञानका विभाग बन्द हुँदै भन्ने समाचार आज बिहानै पढेँ। मलाई वैराग लागेर आयो। पाठकको अभाव भन्दै पुस्तकालयहरू नै बन्द गरिदिने सरकारले विद्यार्थीको अभाव भनेर भोलि विश्वविद्यालय नै बन्द गरिदियो भने त?’

केही बेरमै अचानकसित बोरा उड्यो। कुमारजी चंगा भए। बोरा सानो सानो हुँदै आकाशमा बिलायो। मैले आकाशबाट चुहिँदै गरेको बरफ धेरै बेर हेरिरहेँ।

मेरो छटपटी भंग गर्दै कुमारले थप भन्यो, ‘त्यसैले म एक जना भए पनि सबै विभागमा भर्ना हुन्छु भनेर आको सर।’

फिक्का चिया मात्र पिउन पाएको म आलोचकको ध्यान अगाडिको आलुचपमा थियो।

‘हस् त सर, अब म भोलिदेखि पढ्न आउँछु,’ चियावाललाई ४० वटा सिक्का चढाउँदै उसले भन्यो।

‘हाम्रो विभागमा चैँ नआउनुस् है कुमारजी।’ मैले यस्तो सोचिरहेको थिएँ तर भनेँ, ‘पहिलो क्लास कुन विभागको लिनुहुन्छ त, कुमारजी?’

‘तपाईंको विभागको सर, विशेष गरी तपाईंको सर।’

चियाका लागि धन्यवाद भनूँ कि हाम्रो विभागमा भर्ना हुनुभएकामा धन्यवाद भनूँ? कुन चाहिँमा धन्यवाद भनूँ भनेर म धेरै बेरदेखि मानसिक अन्तरविमर्श गरिरहेको थिएँ।

‘धन्यवाद सर, साथ र सहयोगका लागि,’ कुमारजीका शब्द पो मेरो काममा ठोक्किए।

मैले धन्यवाद भन्नै पाइनँ।

मैले धन्यवाद भन्नै चाहिनँ।

चमेना घरबाट हामी बाहिर निस्कियौँ। कुमारजी आफ्नो रित्तो बोराभित्र छिरे। बोराको मुख बन्द गर्न मलाई लगाए।

केही बेरमै अचानकसित बोरा उड्यो। कुमारजी चंगा भए। बोरा सानो सानो हुँदै आकाशमा बिलायो। मैले आकाशबाट चुहिँदै गरेको बरफ धेरै बेर हेरिरहेँ।