काठमाडौँ। इशाई धर्मका प्रवर्तक येशु ख्रिस्टको जन्मदिनका अवसरमा आज (बुधबार) क्रिसमस इभ मनाइँदै छ। विश्वभर क्रिश्चियन समुदायले आज संस्थापक ख्रिस्टको सम्झनामा क्रिसमस इभ मनाइरहेका छन्।
नेपालमा पनि उनको सम्झनामा यो पर्व मनाइन्छ। उपत्यकाका विभिन्न सपिङ मल‚ पर्यटकीय क्षेत्र‚ चर्च तथा सार्वजनिक स्थलमा धुमधामसाथ क्रिसमस इभ मनाइँदै छ।
पर्यटकीय क्षेत्र ठमेलमा पनि क्रिसमस इभको रौनक देख्न सकिन्छ। हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा देखिएको क्रिसमस इभको रौनकका थप तस्बिर :
