काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई ४५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड एण्ड व्याङ्केटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।

यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।