काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ । भूमि समस्या समाधान आयोगले रोकिएको काम कारवाही सुरु गर्न निर्देशन दिएको छ । बुधबार आयोगले ७७ वटै जिल्ला समितिहरूलाई प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको थियो ।

यससँगै भूमि समस्या समाधान आयोगले आयोग गठन आदेश, २०८१ तथा प्रचलित नियमअनुसार कामकारबाही सुरु गर्न भनेको हो ।