काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर निस्कँदा रास्वपा सभापति रवि लामिछाने। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीचको वार्ता सकिएको छ। ललितपुरको कुपण्डोलस्थित मेयर बालेनका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा भएको वार्ता करिब साढे दुई घण्टासम्म चलेको थियो।

वार्ता सकेर अहिले रास्वपा सभापति लामिछाने निस्किसकेका छन्। निस्कने क्रममा उनले पत्रकारहरूसँग संक्षिप्त मात्र कुरा गरे। वार्तामा के भयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले उल्टै प्रतिप्रश्न गर्दै भने, “मेरो अनुहारले के भन्छ?”

उनले आगामी समीकरण कस्तो बन्छ भन्ने कुरा समयले बताउने भन्दै वार्ता राम्रो भएको बताए।

पछिल्लो समय मेयर बालेनले आफ्नो राजनीतिक गतिविधि बढाएका छन्। उनले आज मात्रै भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङ तथा नेपाली कांग्रेसका पूर्वसांसद सुनिल शर्मासँग पनि भेटवार्ता गरेका थिए। शर्माले बालेनसँग प्रतिनिधिसभा पुनःस्थापना गर्दाका सम्भावित परिणामबारे छलफल गरेको बताएका थिए।

बिहीबारको राजनीतिक भेटघाटअघि बालेन्द्र शाह। तस्बिर : नेपाल फोटो लाइब्रेरी

लामिछाने र बालेनबीच वार्ता चलिरहँदा अर्का नेता अमरेशकुमार सिंह पनि प्रवेश गरेका थिए।