काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता भण्डारीले संवाद जरुरी भएको कुरामा जोड दिएका हुन्।
उनले घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न आवश्यक रहेको बताउँदै त्यो सम्भव भएको पनि उल्लेख गरेका छन्। तर घर भत्काउनु समाधान नहुने उनको तर्क छ।
यस्तो छ उनको फेसबुक स्टाटस
मुलुक-सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा छ। मुलुकले संवाद खोजेको छ। तर दुःखको कुरा, समाचार र सम्बन्धहरू दिनानुदिन हलुका बन्दै गएका छन्। घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न सकिन्छ । तर घर भत्काउनु समाधान होइन।