काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढ्दै २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।