काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ । भारतीय सेनाका जवानले पाँच वर्षपछि फेरि सामाजिक सञ्जाल एप प्रयोग गर्न पाउने भएका छन्। सन् २०२० मा लगाइएको प्रतिबन्ध केही सर्तसहित हटाइएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार नयाँ निर्देशिकाअन्तर्गत सैनिकहरूले इन्स्टाग्राम रिल, फोटो र भिडिओ हेर्न पाउने छन्, तर टिप्पणी गर्न अनुमति छैन।

गैरगोप्य जानकारी ह्वाट्सएप र टेलिग्रामजस्ता एपमा साझा गर्न सकिन्छ। साथै युट्युब र एक्सलाई सूचनामूलक उद्देश्यका लागि मात्र प्रयोग गर्न सकिन्छ। लिंक्डइन, स्काइप र सिग्नलका लागि पनि नयाँ निर्देशिका जारी गरिएको छ।

२०२० मा भारत सरकारले सेनाका कर्मचारी र अधिकारीहरूलाई आफ्नो फोनबाट ८९ एप हटाउन आदेश दिएको थियो, जसमा डेली हन्ट समाचार एप, फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम र पबजी थिए।

यी एप देशका संवेदनशील जानकारी चुहावटको जोखिमसँग जोडिएका थिए।