काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ। आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर २६ तारिख। पौष शुक्ल पक्षको षष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष: शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ

बृष: अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ । धैर्यले काम लिने समय छ । सम्बन्ध आत्मीय बन्नेछ ।

मिथुन: अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । कामका बाधाहरू पनि हट्नेछन् ।

कर्कट: परिस्थितिवश काममा व्यवधान हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । मानसम्मान मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

सिंह: स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कन्या: बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ शुभचिन्चकहरूले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

तुला: श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ l घरपरिवारमा सामान्य छ ।

वृश्चिक: चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ

धनु: सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । रमाइलो यात्राको सम्भावना छ

मकर: स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ। मानसिक शान्ति र आराम मिल्नेछ । कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। समयको सही उपयोग अवश्य गर्नुहोला। टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ।

कुम्भ: स्वास्थ्य राम्रो रहनेछ, कामबाट लाभ हुने सम्भावना छ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मीन: त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।