काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजेबाट सुरु हुनेछ ।
यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । नेताहरूले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि हिजो नै पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका हुन् ।