१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरू चुनावमा जान तयार रहेको बताएका छन्।

सरकारले सुरक्षाको वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको देउवाको भनाइ छ। प्रधानजमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलको शीर्ष नेताहरूसँगको छलफलपछि बाहिरिँदै गर्दा देउवाले यस्तो बताएका हुन्।

यो पनि…

प्रधानमन्त्रीको सचिवालयको दाबी- निर्वाचनमा जान सबै दल तयार भए

प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा शीर्ष दलका नेताहरूले आउँदो २१ फागुनका लागि तय गरिएको निर्वाचनमा जान आफूहरू तयार रहेको बताएका थिए। बैठकमा पूर्वप्रधानमन्त्रीत्रय कांग्रेस सभापति देउवासहित‚ नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी थिए।

यो पनि…

बालुवाटारमा तीन दलका शीर्ष नेतालाई बोलाएर प्रधानमन्त्रीले भनिन्- यो घर तपाईंहरूकै हो‚ निर्वाचनमा साथ दिनुस्

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने‚ “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ। अरु दल पनि रेडी छन्। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।”

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए।