परिकार

बिहार र बंगालतिरबाट आएको ‘घुघनी’ (छोला) र दार्जिलिङतिरबाट आएको ‘छाउ छाउ’ (नुडल्स) को संयोजन हो, धराने थुक्पा

१२ पुष २०८२
आलोकनगरस्थित पर्पला विस्ट्रोमा बनेको धराने शैलीको थुक्पा
अ+
अ-

उदयपुरको बेलका नगरपालिकाबाट दक्षिण भोजपुरतिर उकालो लाग्दै गर्दा एउटा सानो बजारमा नास्ता खान एक्कास‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ि गाडी रोकियो।

त्यही गाडीमा आफूसँगै यात्रा गरिरहेका एक सहयात्रीले सोधे, ‘चना छ?’

बटुकोमा हड्डीको सफा सुप, त्यसमा उमालेको नुडल्स र त्यसमाथि केही चाना उसिनेको मासुयही नै थियो, तिब्बती शैलीको थुक्पाको विशेषता।

होटलवालाको जवाफ आयो, ‘छैन।’

‘आलु त होला नि?’ उनै साथीले फेरि सोधे।

यतिबेला पनि उही जवाफ आयो,अहँ, त्यो पनि छैन।’

‘अनि के छ त?’ अब मेरो धैर्यको बाँध फुट्यो।

होटलवालाले मुस्कुराउँदै जवाफ दिए, ‘चाउचाउ र थुक्पा मात्र।’

हामीले वरपरका अरू दोकानमा पनि प्रयास नगरेका होइनौँ। तर, चारैतिरबाट उही जवाफ आयो, ‘खाए चाउचाउ खा, नभए थुक्पा’ को शैलीमा। आखिर कुनै उपाय नलागेपछि अन्ततः एकाबिहानै थुक्पा खान कर लाग्यो।

केही दिनअघि धरानको घटना पनि यस्तै थियो। ‘बेड र ब्रेकफास्ट’ वाला होटलमा काममा जानुअघि बिहान ८ बजे ब्रेकफास्टको माग गरियो। तर, किचेनमा ब्रेड आएकै रहेनछ। पैसा तिरिसकेको ठाउँ छोडेर बाहिर खाजा खान पनि सकिएन। किचेनलाई ‘के बन्न सक्छ’ भनेर सोधेको, केटाकेटीझैँ सुकुमार अनुहार देखिने सेफले भने, ‘थुक्पा।’

काठमाडौँमा जन्मेहुर्केका मजस्ताहरूलाई बिहानै थुक्पा भन्नु चाहिँ अलि नपच्ने हुँदो रहेछ। तर पनि, उनले बनाएथोरै बन्दा, केही ससेज, अन्डा र नुडल्स हालेर।

तयारी चाउचाउ आउनुअघि काठमाडौँमा सिन्के चाउचाउको खुब चल्ती थियो। बन्दा, हरियो प्याज-लसुनजस्ता हरिया र गाजरलगायत कन्दमूल तरकारीको झोलमा नुडल्स हालेर बनाइने थुक्पाको स्वाद नै गजबको हुन्थ्यो। यसमा पनि जाडोमा पिरो-अमिलोको झोलमा डुबाएको नुडल्स निकै रमाएर खान्थे, काठमाडौँका निम्न र मध्यमवर्गीय परिवारहरू। तर, थुक्पामा हुनैपर्ने स्वाद उमामी चाहिँ भेटिँदैनथ्यो। त्यसको स्वाद थुक्पाभन्दा पनि नेपालीहरूको अर्को लोकप्रिय परिकार पानीरोटीसँग बढी मिल्दोजुल्दो हुन्थ्यो।

तर, तिब्बती शैलीका केही रेस्टुराँले चाहिँ उमामी स्वादसहितको थुक्पा पस्किन्थे। बटुकोमा हड्डीको सफा सुप, त्यसमा उमालेको नुडल्स र त्यसमाथि केही चाना उसिनेको मासुयही नै थियो, तिब्बती शैलीको थुक्पाको विशेषता। अनि टेबलमा सजाएर राखिएको हुन्थ्योसोयासस, लसुन डुबाएको पानी, भिनेगरमा भिजाएको हरियो खुर्सानी र सुकेको खुर्सानीलाई भिजाएर बनाइएको लेदो, जसलाई बटुकोमा राखेर आफ्नो स्वादअनुसार खान मिल्थ्यो।

साँच्चै चाउचाउ कसले पहिला खान थाल्यो होला? तिब्बती, चिनियाँ वा स्पेगेटीका नाममा इटालेली वा सेबईलगायत परिकारमार्फत अरब वा पर्सियनहरूले? यसमा ठूलै बहस गर्न सकिन्छ।

जावलाखेलको तिब्बती क्याम्पनजिक एकान्तकुनाको तिब्बती रेस्टुराँ- टासी देलेक त्यसका लागि लोकप्रिय ठाउँ थियो। टासी देलेक अहिले नख्खु जाने ओरालोभन्दा वर रिङरोडवारि सरेको छ, लगभग उस्तै स्वाद र शैलीसहित। ठ्याक्कै त्यस्तै स्वादका लागि बौद्धको मिचुङ रेस्टुराँ पनि लोकप्रिय थियो। बौद्धको मूल ढोकाको विपरीत दिशामा एउटा सामान्य घरमा रहेको मिचुङ अहिले एक तलामाथि उच्च मध्यमवर्गीय जाने ठाउँमा रूपान्तरण भइसकेको छ। पहिले यहाँ सामान्य मानिसहरूको भिड लाग्थ्यो। तिब्बती शैलीको थुक्पा खाने अर्को लोकप्रिय ठाउँ ठमेलको उत्से रेस्टुराँ पनि हो।

भौगोलिक निकटताका कारण नेपाल र तिब्बतबीच सांस्कृतिक र आर्थिक आदानप्रदानको समृद्ध इतिहास छ। हिमालय पार गर्ने प्राचीन व्यापारिक मार्गमार्फत नुन, जडीबुटी, हस्तकला, ऊन र मसलाजस्ता सामानहरूको व्यापारसँगै खाना र पाक परम्परा पनि एक ठाउँबाट अर्को ठाउँमा सरेको हो। त्यसमाथि तिब्बती शरणार्थीहरूको आगमनले नेपाली पाककलामा तिब्बती परिकार र खाना पकाउने विधि थपिँदै गयो।

खासमा थुक्पाको परम्परा पूर्वी तिब्बतको आम्दो क्षेत्रमा विकसित भएको पाइन्छ। आम्दो (अहिलेको छिङघाई प्रान्त) र छिमेकी क्षेत्रका केही भागलाई थुक्पाको जन्मस्थानका रूपमा प्रचार गरिन्छ।

‘थुक्पा’ वा तिब्बती उच्चारणमा ‘ठग-पा’ को शाब्दिक अर्थ पनि ‘नुडल्सको झोल’ भन्ने बुझिन्छ। नुडल्स संसारका धेरै भागमा कम्तीमा दुई हजार वर्षदेखि लोकप्रिय खानाका रूपमा रहेको अनुसन्धाताहरूको दाबी छ। तर, यसको इतिहास खोतल्नु भनेको प्याकेटभित्र गुजमुजाएर राखिएको तयारी चाउचाउजस्तै जटिल छ।

साँच्चै चाउचाउ कसले पहिला खान थाल्यो होला? तिब्बती, चिनियाँ वा स्पेगेटीका नाममा इटालेली वा सेबईलगायत परिकारमार्फत अरब वा पर्सियनहरूले? यसमा ठूलै बहस गर्न सकिन्छ। तर, उत्तरपश्चिमी चीनको लाजियाको ढुंगेयुगीन पुरातात्त्विक स्थलमा भेटिएको चाउचाउको प्रागैतिहासिक नमुनाका कारण चिनियाँहरूले चाउचाउ हाम्रो हो भन्न थालेका छन्।

राम्रोसँग संरक्षित, सिल गरिएको माटाको बटुकोजस्तो भाँडोमा रहेको कोदाको पीठोबाट बनाइएको लामो, पातलो धागोजस्तो चाउचाउ चार हजार वर्षअगाडि देखिएको उनीहरूको दाबी छ। उनीहरूको यो दाबीलाई पन्छाएर हेर्ने हो भने नेपालका उच्च पहाड र हिमाली भेगमा आडिलो आहारका रूपमा थुक्पाकै एउटा रूप ‘थेन्दुप’ पहिलेदेखि लोकप्रिय रहँदै आएको थियो।

गाउँघरमा उपलब्ध मासु, आलु-मुलाजस्ता कन्दमूल र हरियापरिया तरकारीको झोलमा पीठोको रोटी बेलेर चुँड्दै हालेर पकाइने थेन्दुपले अझै पनि जाडोमा आडिलो र तातो आहारका रूपमा धेरै नेपालीलाई तागत दिँदै आएको छ। चारपाँच वर्षअघि कृषि वैज्ञानिक मदन राईको सक्रियतामा खोटाङमा खुलेको शुभम् स्कुलको भान्सामा विद्यार्थीहरूले बनाएको थेन्दुपको जस्तो स्वाद आजसम्म मैले कतै भेटेको छैन।

करिब ४० वर्षअघि पहाडतर्फ जाने बसपार्क रहेको भानु चोकमा एक जना पहाडीमूलका व्यापारीले एउटै ठेलामा मम, चाउचाउसँगै छोलासिँगडा (समोसा) र चप बेच्ने गर्थे। उनले नै पहिलोपटक छोलामा उमालेको नुडल्स हालेर दिने चलनको सुरुआत गरे।

तर, थुक्पालाई नेपालीकरण गर्ने श्रेय चाहिँ धरान क्षेत्रलाई जाने मेरो बुझाइ छ। नेपाली खानाबारे गम्भीर अनुसन्धान गर्ने धरान-१६ मा रहेको युएन कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, ‘केराउको झोल तरकारी वा छोलामा नुडल्स हालेर बेच्ने काम स्थानीय रूपमा विष्णुपादुका र बराह क्षेत्र वरिपरि सुरु भएको थियो।’

वास्तवमा त्यो सस्तोमा आडिलो खाजा दिने प्रयास थियो। पहाड र मधेसलाई जोड्ने मुख्य व्यापारिक केन्द्र भएकाले धरान मधेस र पहाडको संगम पनि हो। यहाँ तराईको खाना पनि पहाडको जत्तिकै लोकप्रिय छ।

श्रेष्ठ भन्छन्, ‘धराने थुक्पाको इतिहास थाहा पाउन ४० वर्षअघि फर्किनुपर्छ। थुक्पा पनि अहिलेको भन्दा फरक शैलीको थियोतिब्बती ढंगको मासुयुक्त सुप, भिनेगरमा डुबाएको हरियो खुर्सानी र सोयासससँग खाने गरिन्थ्यो।’

त्यतिबेला ‘मोमो’ र ‘छाउ छाउ’ भनिने चाउचाउ बेच्ने तथा चनाचटपटे, झालमुरी, आलुभुजा, पानीपुरी, छोलासिँगडा अनि चप बेच्ने दोकान र ठेलाहरू फरक फरक हुन्थे। मधेस र पहाड दुवैतिरबाट आएका पाहुना तथा स्थानीय धरानेले मम, चाउचाउ र थुक्पालाई प्रमुख परिकारका रूपमा रुचाउँथे। त्यति बेलाको मम अहिले जस्तो सानो थिएनठुलो आकारको हुन्थ्यो र एउटा प्लेटमा चार वटा दिइन्थ्यो।

श्रेष्ठको भनाइमा करिब ४० वर्षअघि पहाडतर्फ जाने बसपार्क रहेको भानु चोकमा एक जना पहाडीमूलका व्यापारीले एउटै ठेलामा मम, चाउचाउसँगै छोलासिँगडा (समोसा) र चप बेच्ने गर्थे। उनले नै पहिलोपटक छोलामा उमालेको नुडल्स हालेर दिने चलनको सुरुआत गरे। त्यतिबेला मटरको छोला र थुक्पा मिसाएर खाने कुरा निकै अनौठो मानिन्थ्यो। उनी स्वयं पनि सुरुमा कौतूहलका साथ चाख लिएर खाने गर्थे।

नेपाली खाना वास्तवमै भारत र तिब्बती स्वादको सम्मिश्रण हो। छैन त धराने थुक्पाले, हाम्रो बहुसांस्कृतिक पहिचानलाई झन् झल्काइदिएको?

उनको मिनुमा अरूले बिस्तारै चना, आलु, आलुचप, भुजिया, अचार आदि थप्दै गए र रेस्टुराँहरूले पनि अपनाए। यसैले धराने थुक्पा हिजोआज धरानकै विशेष ब्रान्ड भएको छ र यसलाई अझ परिष्कृत र व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिने आधारहरू देखा परेका छन्।

श्रेष्ठ सामाजिक र सांस्कृतिक सद्‌भावको उत्कृष्ट उदाहरण बनेको धराने थुक्पा बिहार र बंगालतिरबाट आएको ‘घुघनी’ (छोला) र दार्जिलिङतिरबाट आएको ‘छाउ छाउ’ (नुडल्स)को संयोजनबाट जन्मिएको बताउन भुल्दैनन्।

रमाइलो कुरा, थुक्पा भन्नासाथ हाम्रो आँखाअगाडि झोल आउँछ, तर धरानमा सुक्खा थुक्पा पनि उत्तिकै लोकप्रिय छ। छोला र चाउचाउको त्यो मिश्रणमा बिस्तारै पोर्क वा चिकेनमा अकबरे हालेपछि त्यसको स्वादमा चौगुना वृद्धि भएको छ। यसैमा पछि थपिएको आलुचपविना त अब धराने थुक्पा अधुरोजस्तो लाग्न थालेको छ।

खाद्य अनुसन्धानकर्ता पनि रहेका श्रेष्ठ भन्छन्, ‘यसैले हिजोआज धरानमा थुक्पा बिहानको खाजा, दिउँसोको नास्ता र बेलुकीको खाना भएको छ।’

नेपाली खाना वास्तवमै भारत र तिब्बती स्वादको सम्मिश्रण हो। छैन त धराने थुक्पाले, हाम्रो बहुसांस्कृतिक पहिचानलाई झन् झल्काइदिएको?