१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न …’ बोलको गीत सार्वजनिक भएको छ।

कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत छ। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्।

टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ।

गीत र कविताको मिश्रण रहेको त्यस सिर्जनाले नेपाली गीत/संगीतका स्रोतालाई एउटा फरक स्वाद दिने संगीतकार लम्सालको विश्वास छ।