१२ पुष २०८२
तस्बिरहरू : बिजेन आमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

ललितपुर। नेपाली युवामाझ जापानी एनिमे तथा दक्षिण कोरियाली पप संगीत र फिल्मप्रतिको क्रेज बढ्दै गएको छ।

यही पप संस्कृतिको लोकप्रियतालाई निरन्तरता दिन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ललितपुर ओटाकु जात्रा आयोजना गरिएको छ।

ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित एक कार्यक्रमबीच ओटाकु जात्रा मनाइएको हो। जापानबाट भित्रिएको यो जात्रा हास्य तथा पप संस्कृतिसँग जोडिएको सांस्कृतिक उत्सवका रूपमा परिचित छ।

जात्राका क्रममा सहभागीहरूले एनिमे, मङ्गा तथा के-पप पात्रसँग मिल्दोजुल्दो वेशभूषा प्रदर्शन गरिएको थियो। कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो। जहाँ युवाको उल्लेखनीय सहभागिता आकर्षित गर्‍यो।

हेर्नुहोस् थप तस्बिर :