काठमाडौँ। हात्तीको ब्युटी पेजेन्टमा ४० वर्षकी पुनम कली २५० अंक ल्याएर प्रथम भएकी छन्। चितवनको सौराहामा जारी तीनदिने हात्ती महोत्सवअन्तर्गत आज (शनिबार) दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता भएको हो।
यसैगरी २० वर्षकी सेल्फी कली २३५ ल्याएर द्वितीय, ३५ वर्षकी चम्पा कली २२४ अंक ल्याएर तृतीय भएकी छन्।
प्रतियोगितामा ४० वर्षकी पूजा कली र २६ वर्षकी समृद्धि कली पनि सहभागी भएका थिए।
हेर्नुहोस् थप तस्बिर :
