१२ पुष २०८२
फाइल तस्बिर।
अ+
अ-

पर्सा। वीरगन्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए। “वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो‚” उनले भने।

महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो। आगामी १६ पुसदेखि विद्यालय पुन: सञ्चालनमा आउनेछ।