काठमाडौँ। ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) ले रवि लामिछानेलाई पार्टीको सभापति र बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार्य रहेको बताएका छन्।
नयाँ राजनीतिक दलहरू एकता भई गठित हुने पार्टीको सभापति लामिछाने बन्ने र आगामी चुनावपछिको प्रधानमन्त्री हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन हुने प्रस्ताव अस्वीकार गरेको हो।
उनेपाको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनका तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो। एकताका लागि भनेर आएको प्रस्तावमा संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी के कति हुने भन्ने ठोस प्रस्ताव नआएको र आफ्नो कुरा मात्रै राखिएको भन्दै सभापति लामिछाने हुने र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव अस्वीकार गरिएको हो।