काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि बालेनले दुई हप्तापछि मेयरबाट राजीनामा दिने तयारी गरेका हुन्।
आज (आइतबार) बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्। उनले महानगरको सबै प्रक्रिया पुर्याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ।