काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखक भोलि (सोमबार) बयान दिन जाने भएका छन्।

साथै पूर्वगृहमन्त्री लेखक उक्त घटनाबारे जानकारी दिन सोमबार नै आयोगको कार्यालय जाने उनको सचिवालयले जनाएको छ।

त्यसअघि लेखकले गत १० पुसमा पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिने क्रममा आफू बयानका लागि जाने बताएका थिए। “आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु‚” १० पुसमा लेखकले भनेका थिए।

आयोगसँग बयानपछि लेखकले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार नै दिउँसो २ बजे आफ्ना धारणाहरू सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ।