खेलकुद
दीर्घकालीन नीति नबनाएसम्म स्टार खेलाडी ल्याउँदैमा हुँदैन खेलकुद सुधार
१३ डिसेम्बर शनिबार बिहानैदेखि भारत, कोलकातास्थित साल्ट लेक स्टेडियम वरिपरि असाधारण दृश्य देखिन थाल्यो। हातमा टिकट, शरीरमा अर्जेन्टिनाको जर्सी, आँखामा प्रतीक्षा र मुखमा एउटै नाम, लिओनल मेस्सी। विश्व फुटबलका महान् खेलाडीको उपस्थितिले कोलकातालाई साँच्चिकै उत्सवस्थलमा रूपान्तरण गरिदिएको थियो।
मेस्सीलाई प्रत्यक्ष हेर्नकै लागि स्याङ्जाबाट कोलकाता पुगेका आयुष अर्याल पनि बिहानैदेखि लाइनमा उभिएका थिए। पोखरामा जन्मेहुर्केका आयुषको सानोमा फुटबल खेल्दादेखि नै कुनै दिन मेस्सीलाई नजिकबाट देख्न पाउने सपना थियो। तर, यति चाँडै यसरी सपना पूरा हुनेछ भनेर उनले कल्पना पनि गरेका थिएनन्।
भारतजस्तो क्रिकेटप्रधान देशमा विश्वकै चर्चित फुटबल खेलाडीको आगमन आफैँमा ठूलो घटना थियो। भ्रमण कुनै प्रतिस्पर्धात्मक खेलका लागि नभई विशेष कार्यक्रम, समर्थक भेटघाट र प्रवर्द्धनात्मक उद्देश्यका लागि आयोजना गरिएको थियो।
भारतमा मेस्सी आउने खबर पाएपछि आयुषसँगै मेस्सीका केही नेपाली फ्यान कोलकाता पुगे। दिल्ली र मुम्बईको सट्टा उनीहरूले कोलकातालाई नै रोज्नुको कारण थियो–कोलकातावासीको अचाक्ली फुटबल क्रेज।
“उहाँ (मेस्सी) मेरो आइडल हुनुहुन्छ। उहाँलाई प्रत्यक्ष देख्न पाउँछु भन्ने कहिल्यै सोचेको थिइनँ। भारतलाई धन्यवाद। नेपालमा हामी मेस्सीलाई माया गर्छौं,” भावकु हुँदै आयुषले भने।
फुटबलका जादुगर मेस्सीको झलक पाउन एक भारतीय जोडीले त आफ्नो हनिमुन नै स्थगन गरे।
#WATCH | West Bengal | A fan of star footballer Lionel Messi says, “… Last Friday we got married, and we cancelled our honeymoon plan because Messi is coming as this is important… We have been following him since 2010…” pic.twitter.com/9UKx0K9dGy
— ANI (@ANI) December 13, 2025
“मेस्सी आउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि हामीले हनिमुन स्थगित गर्यौँ। पहिला उहाँलाई हेर्ने इच्छा थियो,” ती जोडीले न्युज एजेन्सी एएनआईसँग भने। आफ्नो सपना पूरा गर्न मेस्सीका ‘डाइहार्ट’ समर्थक यी नवविवाहितले कुनै कसर बाँकी राखेनन्। सबैभन्दा महँगो ‘टप-मोस्ट’ भीआईपी टिकट किने।
कोलकातामा मात्रै ‘क्रेज’
होचो कद, उत्कृष्ट ‘ड्रिब्लिङ’ र उस्तै सुन्दर गोल गर्न माहिर मेस्सीले सन् २००६ यता विश्व फुटबलमा राज गर्न थालेका हुन्। उनी रहँदा अर्जेन्टिनाले सन् २००६ र २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्यो। सन् २०१४ मा टोलीलाई फाइनलसम्म पुर्याए पनि उपाधि भने दिलाउन सकेनन्।
सन् २०१८ मा टोलीले खराब प्रदर्शन गर्दा मेस्सी नै कप्तान थिए। तर, २०२२ मा साउदी अरबसँग हार्दा लगभग बाहिरिने अवस्थामा पुगिसकेको टोलीलाई पुनरागमन गराउँदै उनले विश्वकप नै दिलाए। उनको कप्तानीमा अर्जेन्टिनाले उपाधिमा ह्याट्रिक गर्यो। सन् २०२१ र २०२४ मा उनले टोलीलाई कोपा अमेरिका पनि दिलाए। बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी) र इन्टर मियामीबाट उत्तिकै सफलता चुमेका उनी समर्थकका लागि भगवान्समान मानिन्छन्।
उनै मेस्सी क्याटलान क्लब बार्सिलोनादेखिका सहकर्मी तथा उरुग्वेका स्ट्राइकर लुइस सुआरेज र अर्जेन्टिनाका सहखेलाडी रोड्रिगो डे पाउलसँग भारत पुगेका थिए। उनी भारत आएको खबरले दक्षिण एसियाभर व्यापक चर्चा पायो।
भारतजस्तो क्रिकेटप्रधान देशमा विश्वकै चर्चित फुटबल खेलाडीको आगमन आफैँमा ठूलो घटना थियो। भ्रमण कुनै प्रतिस्पर्धात्मक खेलका लागि नभई विशेष कार्यक्रम, समर्थक भेटघाट र प्रवर्द्धनात्मक उद्देश्यका लागि आयोजना गरिएको थियो।
भारतले साफ च्याम्पियनसिप जित्नुबाहेक पछिल्लो समय कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन। त्यसैले पनि भारतमा खेलकुद बजारीकरणमा काम गर्दै आएका सताद्रु दत्ताले झन्डै १०० करोड भारु तिरेर मेस्सीलाई बोलाएर फुटबल क्रेज बढाउने प्रयास गरेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार मेस्सीलाई भारत बोलाउनुको प्रमुख उद्देश्य भारतमा फुटबलको लोकप्रियता अझ विस्तार गर्नु थियो। भारतमा खेललाई मनोरञ्जन मात्र होइन, सांस्कृतिक अनुभवका रूपमा लिइन्छ। तर, यो देशमा सबै खेल बराबरी लोकप्रिय छैनन्। क्रिकेट र फुटबल दुवैका समर्थक दर्शक धेरै छन्। तर, लगानीमा आकाश-पाताल झैँ फरक छ।
भारतमा क्रिकेटले सर्वशक्तिमान् खेलका रूपमा आफ्नो जग हालेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल)ले टी-२० क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ। सन् २०२५ को सिजनमा मात्र आईपीएलका खेलहरू टीभी र ‘डिजिटल स्ट्रिमिङ’ मार्फत अनुमानित एक अर्ब दर्शकले हेरेका थिए।
आईपीएलको मिडिया अधिकार सम्झौता २०२३–२७ का लागि करिब ६.२ अर्ब अमेरिकी डलरमा बिक्री भएको छ। यसले खेल व्यवसायको विशालता देखाउँछ। क्रिकेटका सुपरस्टारहरू सचिन तेन्दुलकर, विराट कोहली, रोहित शर्मालगायत पुराना र नयाँ खेलाडी समर्थक र बजारका आदर्श र ब्रान्डको प्रतीक बनिसकेका छन्। भारतका खेलकुद समर्थकमध्ये लगभग ९० प्रतिशतले क्रिकेट हेर्ने गरेका छन्।
तर, फुटबल भारतमा अझै उदीयमान खेल हो। इन्डियन सुपर लिग (आईएसएल) र इन्डियन लिग (आई-लिग) जस्ता प्रतियोगिताले केही वर्षयता ठूलो समर्थकको आधार बनाएका छन्। सन् २०२५ मा आईएसएलको सामाजिक मिडिया समर्थक करिब ७० लाख थिए। पश्चिम बंगाल, केरला र उत्तर-पूर्वका राज्यमा फुटबलको क्रेज उल्लेखनीय छ। तर, देशभर क्रिकेटको स्तरमा लोकप्रिय छैन।
सुनील क्षेत्रीजस्ता केही खेलाडीले भने छुट्टै पहिचान बनाएका छन्। तर, भारतले साफ च्याम्पियनसिप जित्नुबाहेक पछिल्लो समयमा कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन। त्यसैले पनि भारतमा खेलकुद बजारीकरणमा काम गर्दै आएका सताद्रु दत्ताले झन्डै १०० करोड भारु तिरेर मेस्सीलाई बोलाएर फुटबल क्रेज बढाउने प्रयास गरेका थिए।
मेस्सीको आगमनसँगै हजारौँ समर्थकले स्टेडियम भरियो, घन्टौँसम्म सडक जाम भयो। लामो समयदेखि उनलाई टेलिभिजन र सामाजिक सञ्जालमा मात्र हेर्दै आएका हजारौँ समर्थकले प्रत्यक्ष देख्ने अवसर पाए। भीडले कोलकातामा मेस्सी र फुटबलको लोकप्रियता देखायो। तर, अन्य सहरमा यति धेरै चर्चा भएन।
करोडौँ लगानी, शून्य प्रतिफल
भारतमा यसअघि पनि ख्यातिप्राप्त खेलाडी नआएका होइनन्। २४ सेप्टेम्बर १९७७ मा महान् ब्राजिलियन खेलाडी पेलेले कोलकाता भ्रमण गरे र मोहन बगान क्लबसँग मैत्रीपूर्ण खेल खेले।
कोलकातामा त स्थिति नियन्त्रण बाहिर पुग्दा हजारौँ खर्च गरेर टिकट किनेका कति समर्थकले त मेस्सीलाई देख्नसम्म पाएनन्। त्यसैले स्टेडियममा तोडफोड हुन पुग्यो।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)का अनुसार पेलेको भ्रमणका लागि मुख्य पहल मोहन बगानका धिरेन डेले गरेका थिए। त्यसको ३१ वर्षपछि सन् २००८ मा भारतले अर्जेन्टिनाका महान् फुटबलर म्याराडोनालाई आफ्नो देशको भ्रमण गरायो। उनले कोलकातामा भारतीय फुटबल स्कुलले आयोजना गरेको कार्यक्रममा १० मिनेट खेलेका थिए। त्यसपछि सन् २०१२ मा केरला र सन् २०१७ मा फेरि उनी कोलकाता आए। पेले पनि सन् २०१५ र सन् २०१८ मा फेरि भारत आए।
यद्यपि, यी दुवै महान् खेलाडीको आगमनले फुटबलप्रतिको भावना, उत्साह र क्रेज बढाए पनि भारतको फुटबल संरचना, प्रशिक्षण प्रणाली र राष्ट्रिय टोलीको स्तरमा दीर्घकालीन परिवर्तन ल्याउन सकेन। उचित योजना, पूर्वाधार र नीतिगत सुधारको अभावका कारण त्यो अवसर उपयोग हुन सकेन। बरु कुनै बेला फिफा वरीयतामा १००औँ स्थानमा पुगेको भारत अहिले १४२औँ स्थानमा धकेलिएको छ।
ओलम्पिक स्वर्ण पदक विजेता तथा पूर्वभारतीय सुटर अभिनव बिन्द्रा यस्ता क्षणिक कार्यक्रमले दुखित बनाउने बताउँछन्। हुन पनि हो, राजनीतिकर्मी, फिल्म स्टार, उद्योगपति र केही उच्च अधिकारी मेस्सीसँग केही क्षणको भेट र तस्बिर खिच्ने प्रतिस्पर्धामा लागे। उनीबाट अर्जेन्टिना, स्पेन, फ्रान्स र अमेरिकी फुटबलले कसरी यति धेरै सफलता हात पार्यो भन्ने विषयमा कोही प्रवेश नै गरेनन्।

अर्बपति मुकेश अम्बानीका छोराबुहारीले मेस्सी र उनको टोलीलाई निजी चिडियाखाना घुमाउनेदेखि दुर्गा भगवान्को पूजा गराउनेसम्म गरे
कोलकातामा त स्थिति नियन्त्रणबाहिर पुग्दा हजारौँ खर्च गरेर टिकट किनेका कति समर्थकले त मेस्सीलाई देख्नसम्म पाएनन्। त्यसैले स्टेडियममा तोडफोड हुन पुग्यो।
“मेस्सीको भारत भ्रमण केही क्षणको उत्सवभन्दा बढी अराजक लाग्यो। यसले मलाई हामी वास्तवमा के हासिल गर्न खोजिरहेका थियौँ भन्ने कुराको चिन्तासहित सोच्न बाध्य बनायो,” यी दृश्य देखेपछि बिन्द्राले ‘एक्स’ मा लेखेका छन्।
पीटीआईका अनुसार मेस्सीलाई ल्याउँदा ८९ करोड भारु खर्च भएको छ। मेस्सीलाई ल्याएका दत्तले ३० प्रतिशत रकम प्रायोजकहरूबाट प्राप्त गरेका थिए। ३० प्रतिशत भने टिकट बिक्रीबाट हात पारेका थिए। खेलकुदको वेबसाइट मार्काका अनुसार मेस्सीसँग हात मिलाउन र फोटो खिच्न १० लाख भारु (११ हजार डलर) तिर्नुपरेको थियो। ‘मिट एन्ड ग्रिट’ का लागि एक लाख २० हजार डलर मूल्य राखिएको थियो। सर्वसाधारणलाई भने स्टेडियममा पुगेर हेर्न न्यूनतम ४२ डलर मूल्यको टिकट राखिएको थियो।
यसपल्टदेखि भने क्यानले चर्चित अनुहारलाई अतिथिका रूपमा भित्र्याउन भन्दा पनि आफ्ना घरेलु खेलाडी भित्र्याएर ‘एक्सपोजर’ दिन थालेको क्यानका महासचिव पारस खड्काले बताएका थिए।
“यदि त्यो ऊर्जा र लगानीको सानो अंश पनि देशको खेलकुदको पूर्वाधार निर्माणमा लगाइएको भए कति सम्भावना खुल्थ्यो होला?” बान्द्रा प्रश्न गर्छन्।
मेस्सीको भारत भ्रमण यस्तो बेला गराइएको छ, जुन समय फ्रेन्चाइज लिग अनिश्चितकालका लागि स्थगित छ।
नेपालमा पनि उस्तै
अतिथि खेलाडी ल्याउने सन्दर्भमा नेपाल पनि यस्तै खर्चालु देशमा पर्छ। नेपाल क्रिकेट संघ (क्यान)ले २५ डिसेम्बर २०२४ मा नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेकै बेला वेस्ट इन्डिजका पूर्वलेजेन्डरी क्रिकेटर ब्रायन चार्ल्स लारालाई बोलाएको थियो। उनलाई ल्याउन टिकटमा मात्र ५५ लाख ५० रुपैयाँ खर्च गरेको क्यानको दाबी छ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा आएका क्रिकेटका दिग्गज ब्याटर ब्रायन लारा। तस्बिर : कर्णाली याक्सको फेसबुक
गएको २ मार्चमा गोलकिपर लेजेन्ड जियानलुइजी बुफोँ पनि नेपाल आए। नेकपा (एमाले)को भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले ‘केपी ओली कप’ मा यी इटालीयन पूर्वगोलकिपरलाई नेपाल भित्र्याएको थियो।
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज काठमाडौँ रेजर्सका सीईओ पीयूषबहादुर न्यौपानेको सम्पर्कमार्फत नेपाल आएका बुफोनले मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीबीचको फाइनल खेल हेरेका थिए। उनले नेपाल आउँदा आफ्नो सपना पूरा भएको सुनाएर समर्थकलाई उत्साहित बनाए।

केपी ओली कपको फाइनल खेलमा उपस्थित इटालियन गोलकिपर जियानलुइजी बुफोँ। तस्बिर : केपी ओली कप फेसबुक
अर्का ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोस पनि गएको अप्रिलमा एनएसएल हेर्न नेपाल आइपुगे।
ब्रायनबाहेक अन्य ठूला सेलिब्रेटी आउँदा खेलकुद प्रायः शून्य अवस्थामै थियो। कतिसम्म भने, बुफोन आउँदा भिड देखाउन युवा संघले १४ हजार क्षमता पनि नरहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २० हजार टिकट आफ्नै कार्यकर्तालाई निःशुल्क बाँडेर भिड देखाएको थियो। कार्लोस आउँदा भने रंगशाला आधा पनि भरिएन। बुफोनले नेपाली खेलकुदको संरचना हेर्दै लगानी गर्न सुझाए। तर, उनको सल्लाह मानेर न संरचना बन्यो, न सुस्ताएको फुटबलले गति नै समात्न सक्यो।

नेपाल सुपर लिगको फाइनलका लागि दशरथ रंगशालामा रोबर्टो कार्लोस। तस्बिर : नेपाल सुपर लिगको फेसबुक
फुटबल थलिँदा क्रिकेटले भने लय बढाएको छ। यसपल्टदेखि भने क्यानले चर्चित अनुहारलाई अतिथिका रूपमा भित्र्याउनुभन्दा पनि आफ्ना घरेलु खेलाडी भित्र्याएर ‘एक्सपोजर’ दिन थालेको क्यानका महासचिव पारस खड्काले बताएका थिए।
पूर्वस्टार खेलाडीहरूलाई प्रतियोगितामा ल्याउनुको मुख्य उद्देश्य खेलप्रति दर्शकहरूको आकर्षण बढाउनु र प्रतियोगिताको महत्त्व (भ्यालु) अभिवृद्धि गर्नु भएको बुझ्न सकिन्छ। यी खेलाडीहरूको नाम, क्षमता र लोकप्रियताले स्वाभाविक रूपमा खेलमा रुचि पैदा गर्छ। यसले दर्शकहरूको संख्या बढाउने र प्रतियोगितालाई प्रचार गर्न मद्दत पुग्ने पूर्वनेपाली राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्याय बताउँछन्। “मेस्सीजस्तो व्यक्तित्व ल्याउन गरिने खर्चले खेलको साख र प्रतिष्ठा जुन स्तरमा पुर्याउँछ, त्यसको मूल्य पैसासँग तुलना गर्न सकिँदैन,” उनी भन्छन्। उनका अनुसार यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा पनि देखिन्छ। खेल उद्योगमा पुँजी प्रवाह र दीर्घकालीन विकासको सम्भावना पनि सिर्जना गर्छ, जसले भविष्यमा अझ ठूला प्रतियोगिताहरू आयोजना गर्ने वातावरण तयार गर्छ।
तर, अतिथिका रूपमा विदेशी खेलाडी ल्याएर छाती मात्र फुलाउने कामले कुनै पनि खेलकुदलाई उचाइमा नपुर्याउने उपाध्यायको भनाइ छ। यस्तो अवसरलाई सदुपयोग गर्न नेतृत्व र नियमनकारी निकाय सक्षम हुन आवश्यक भएको बताउँदै उनी भन्छन्, “खेलाडीको आगमनबाट सिर्जना भएको माहोल, उत्साह र ध्यानलाई दीर्घकालीन लाभमा बदल्ने जिम्मेवारी नेतृत्वको हो, तर फुटबलमा निजी क्षेत्रले दुईपल्ट स्टार खेलाडी ल्याएर माहोल सिर्जना गरिसक्दा पनि एन्फा सुतेर बस्छ भने लगानी पुङ न पुच्छर हुन्छ नै?”