काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही १३ र १४ पुसमा समानुपातिकको बन्दसूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो।
महाधिवेशनपछि यही ५ पुसको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ।