काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

हात्तीको पिकनिक

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई १५ परिकारको वनभोज खुवाएर समापन

१३ पुष २०८२
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज (आइतबार) सकिएको छ।

हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो। आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ १५ परिकारका खानेकुरा खान दिइएको थियो।

महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबललगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए।

सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा होटेल संघ नेपाल आयोजक, रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह-आयोजकका रूपमा थिए। महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० हात्ती सहभागी थिए।

हेर्नुहोस् महोत्सव समापनका थप तस्बिर :