काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले मोरङमा हवाई फायर गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले आइतबार राति एम्बुलेन्समा लुकाएर ल्याइँदै गरेको गाँजा बरामद गर्ने क्रममा हवाई फायर गरेको हो।

यसक्रममा दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए। उनका अनुसार पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन्। राई एम्बुलेन्सका चालक हुन्।

केराबारी गाउँपालिका-५ लाफा टोलबाट उनीहरूलाई एम्बुलेन्स र गाँजासहित पक्राउ गरिएको कटवालले बताए। प्र-१-०६-००१झ००५ नम्बरको एम्बुलेन्समा ४८० किलो गाँजा लोड गरेर ल्याइँदै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली खटिएको थियो।

नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि पेस्तोलबाट एक राउन्ड हवाई फायर गरिएको कटवालले बताए। उक्त एम्बुलेन्स सहिदभूमि गाउँपालिका-१ धनकुटाबाट सञ्चालित थियो।

पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान थालिएको छ।