काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्।

अध्यक्ष दाहालले आज (सोमबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

त्यस अवसरमा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती नगर्न आग्रह गरेको जनाइएको छ।