काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । दिउँसो र राति केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ ।

कोसी, बगमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ ।

राति तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कोसी, बगमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।