काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
प्रधानमन्त्री सुशीला कार्की।
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

आज बिहान शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायको ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान र सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने कामना पनि गरेकी छन्।