काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई पनि समावेश गरेको छ।
कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ। यादवको नाम सूचीको ३१औँ र पौडेलको ६२औँ नम्बरमा छ।
यो पनि…
यस्तै केन्द्रीय सदस्य बलबहादुर केसीकी पत्नी रिना उप्रेती‚ नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश छ।
समानुपातिक सूचीको पहिलो नम्बरमा सह-महामन्त्री भीष्मराज आङ्दम्बे र दोस्रोमा गोपालमान श्रेष्ठको नाम छ। कांग्रेसले ११० जनाकै बन्दसूची तयार गरेर निर्वाचन आयोगमा बुझाएको छ।
हेर्नुहोस् कांग्रेसका बन्दसूचीमा रहेका ११० जना :




